ऐरावती गाउँपालिका वडा नम्वर १ स्थित आगलागी पिडीत परिवारलाई राहत वितरण गरिएको छ । गत चैत २१ गते राती भएको आगलागीबाट विस्थापित नौ परिवारलाई शुक्रबार  जनही ३० हजार रुपियाँका दरले राहत प्रदान गरिएको हो । हेफर ईन्टरनेशनल नेपालबाट दुई लाख रुपियाँ र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रबाट ७० हजार रुपियाँ रकम राहत प्रदान गरिएको थियो । आगलागीबाट २२ घरगोठ जलेर नष्ट भएका थिए । 

Leave a Comment